vada
News

को’रोना कहर : कम पारिश्रमिक लिएर फिल्म खेल्न दयाहाङ तयार

काठमाडौं । को’रोना भा’इरस महामारीका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएको एउटा क्षेत्र फिल्म उद्योग हो ।

को’रोना भा’इरसले विश्वभर महामारीको रुप लिएपछि सिनेमाघरहरु बन्द अवस्थामा रहेका छन्

विश्वका कतिपय देशहरुमा फिल्महरु सञ्चालनमा रहेका भएपनि अधिकांश जसो देशकमा फिल्म उद्योग बन्द रहेको छ ।

सामाजिक दूरी कायम गर्नुपर्ने भएका कारण धेरै मानिस जम्मा हुने फिल्म हलहरु बन्द अवस्थामा पुगेका हुन् ।

नेपालमा पनि सरकारले अन्य व्यवसाय र यातायाता सञ्चालन गर्ने निर्णय गरेको भएपनि फिल्म हल सञ्चालमा बन्देज लगाएको छ ।

यसका कारण नयाँ फिल्महरुको निर्माण र छा’यांकनको काम पनि रोकिएको अवस्थामा पुगेको छ ।

फि’ल्मह’रुको छायाँकन र प्रदर्शन रोकिँदा कयौं मानिसको रोजगारी संकटमा परेको छ भने अभिनेता अभिनेत्री र कलाकारहरु घरमा दिन काट्न बाध्य भएका छन् ।

हल सञ्चालक, निर्देशक, निर्माता, कलाकार, प्राविधिकलगायतले अब फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्नेपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनीहरुको यो आवाज सिंहदरवारसम्म पुग्न सकेको छैन ।
भिडियो हेर्नुहोस्

सरकारले फिल्म क्षेत्र पुनः सञ्चालनको अनुमति दिएको अवस्थामा फिल्म निर्माणको गति कसरी बढाउने र प्रदर्शनको वातावरण कसरी मिलाउने भन्ने बारेमा गम्भीर बहस आवश्यक देखिन्छ ।

महामारीपछि फिल्म निर्माणको गति बढाउन विशेषगरि कलाकारहरुले पारिश्रमिक घटाउनुपर्ने फिल्म निर्माताहरुको भनाई छ । केही कलाकार यो विषयमा सहमत पनि देखिएका छन् ।

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले महामारीपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पारिश्रमिक घटाएर काम गर्न तयार रहेको उनीहरुको भनाई छ ।

यसबीच, अभिनेता दयाहाङ राईले पनि फिल्म क्षेत्रलाई उठाउन कलाकारले पारिश्रमिक घटाउनु पर्ने कुरामा आफू सहमत रहेको बताएका छन् ।

उनले भने ‘म पारिश्रमिक घटाएर फिल्ममा काम गर्न तयार छु । तर, निर्माताको उद्धेश्य स्पष्ट हुनुपर्छ । पारिश्रमिक घटाउँदैमा मात्र सबै समाधान हुँदैन । निर्माताले केका लागि फिल्म बनाउँदैछ त्यो महत्वपूर्ण कुरा हो । यदी फिल्मले यो क्षेत्रलाई नै फाइदा हुनेछ भने म पारिश्रमिक घटाएर काम गर्न तयार छु ।’

को’रो’नाको महामारीपछि फिल्म क्षेत्रलाई गतिशील बनाउन सरकारी पक्षबाट पनि समन्वय हुनुपर्ने उनको भनाई छ । लकडाउन हुनुभन्दा अगाडि आधा दर्जन बढी फिल्म साइन गरेर बसेका उनी सरकारले छायांकन अनुमति दिएसँगै फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त हुनेछन् । यसपछि दयाहाङले निर्देशक द्वय निश्चल बस्नेत र रामबाबु गुरुङको नयाँ फिल्ममा काम गर्नेछन् ।

Related Articles

Back to top button