vada
News

मास्क नलगाउनेलाई २४ हजार जरिवाना गर्ने सरकारको घोषणा

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ८६ लाख १२ हजार भन्दा धेरै व्यक्तिहरु उपचारपछि निको भएका छन् । यो महामारी रोक्नका लागि विभिन्न देशहरुमा अनेक नियमहरु लगाइएको छ ।

अस्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या व्यापकरुपमा बढेको छ । अस्ट्रेलियामा अहिले सम्म संक्रमितको संख्या १२ हजार एक सय ६३ पुगेको छ भने मृत्यु हुनेको संख्या १२६ पुगेको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संक्रमणको बढ्दो घटनालाई मध्यनजर राखी सरकारले नयाँ नियमहरू घोषणा गरेको छ ।

मेलबोर्न र मिशेल शायरमा शहरमा घर छोड्नु वा सार्वजनिक ठाउँमा निस्किनु अघि मास्क अनिवार्यरुपमा लगाउनु पर्ने भएको छ । यदि उक्त नियमको पालना नगरे २०० अमेरिकी डलर अर्थात करिब २४ हजार नेपाली रुपैयाँ जरिवाना गरिनेछ । उक्त नयाँ नियम आउने बुधवार रातदेखि लागू हुने समाचारमा उल्लेख गरिएको छ ।फाइल तस्विर

Related Articles

Back to top button