vada
News

साइकल चोरेरै राजधानीमा ३ तले घर बनाए सुरेशले, घर र चोरीका साइकल देखेर प्रहरी नै चकित

काठमाडौँ । साइकल चोरेरै एक युवकले राजधानीमा घर बनाएका छन् । त्यो पनि ३ तले । ति चर्चित चोर हुन् सर्लाहीका रमेश माझी उर्फ सुरेश । हाल पक्राउ परेसँगै उनको बास महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा छ । उनी हिरासतमा बन्द भएसँगै उनले पछिल्लो समय चोरी गरेका साइकलहरु बानेश्वर प्रहरी वृतको पार्किङमा राखिएको छ । छुन अत्यन्तै महँगा छन् । सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य भएकै कारण साइकल चोरेरै काठमाडौँको महंगीमा उनले ३ तले घर ठउान सके । लकडाउन शुरु भएपछि काठमाडौँ र भक्तपुरमा साइकल चोरी ह्वात्तै बढेका बेला सुरेशले आफ्नो धन्दालाई पनि बढाए ।

अपराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारी चोर पत्ता लगाउन लागि परेसँगै सुरेशको हुलियाले प्रहरीको आँखा छायो । चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गर्दा एउटै युवक देखिन थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरेशको चोरीको कथा सुनेर प्रहरी नै दंग पर्यो ।

Related Articles

Back to top button