vada
News

नायक सुधांसुको दोस्रो विवाह पनि टिकेन, नायिका उषासंग विवाहको तेस्रो वर्षमै सम्बन्ध विच्छेद

काठमाडौं । कुनै बेलाकी चर्चित नायिका हुन् उषा पौडेल । उनले अमेरिकामै धुमधामका साथ अर्का चर्चित नायक सुधांशु जोशीसंग तीन वर्ष पहिला विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह तिन वर्ष पनि टिक्न सकेन । हालै उनीहरुले अमेरिकामै सम्बन्ध विच्छेद गरेका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि नै अलग–अलग बस्दै आएका थिए । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको तस्बिर सार्वजनिक भएको थियो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका हुन् । तर उनको दोस्रो विवाह पनि ३ वर्ष चलेन । ६ महिना देखि सुधांसुवाट अलग बाल्टिमोरमा बस्दै आएकी उषाले कानुनी रुपमै सम्बन्ध विच्छेद गरिएको बताइएको छ । उनीहरुले विवाह भएको तीन वर्ष सम्म पनि विवाह दर्ता गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि अनुरोध गर्दा सुधांशुले नमानेपछि उनीहरुविच समस्या सुरु भएको र त्यसैका कारण उनीहरु छुट्टीएको बताइएको छ ।

उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसके पछि अलग हुने निर्णय गरेको वुझिएको छ ।

हिँजो शनिवार नायिका उषा पौडेलको जन्मदिन थियो । तर, सुधांशुले उनलाई जन्मदिनको शुभकामना दिएको सामाजिक सञ्जालमा देखिएको छैन । तर उनले सामाजिक संजालमा आफ्नी आमालाई भने जन्मदिनको शुभकामना दिएको देखिन्छ । उनले एउटा टिकटक भिडियो पोष्ट गरेको प्रमाण वाट सामाजिक सञ्जालमा पनि उनी सकृय छन् भन्ने बुझ्न सकिन्छ ।

यता, नायिका उषा पौडेलको जन्मदिनमा उनका साथीहरुले सरप्राइज दिँदै पार्टीको आयोजना गरेका थिए । उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

Related Articles

Back to top button