vada
News

भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने निर्णय

काठमाडौं । कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । काठमाडौं लगायत जिल्लाहरुमा समेत लकडाउन खुकुलो हुँदै गएपछि पर्यटन क्षेत्रको सबैभन्दा धेरै महत्व राख्ने उड्डयन क्षेत्रलाई पनि संचालन गर्नुपर्ने दवाव परेको थियो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्र प्रभावित भएको छ । नेपालको ठूलो आम्दानीको श्रोत भनेकै पर्यटन र रेमिट्यान्स हो । तर आन्तरिक र वाह्य उडान बन्द भएका कारण अहिले दुवै क्षेत्र प्रभावित भएको हो ।

पछिल्लो समय पर्यटन क्षेत्र निकै राम्रो हुँदै थियो । हवाई उडानहरु पनि थपिएका थिए । तर कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडानका कारण हवाई उडान ठप्प हुँदा पर्यटन क्षेत्र धरासायी भएको भन्दै ब्यवसायीले तत्काल खुलाउन माग राख्दै आएका थिए । पटक पटक मन्त्री भट्राई संग ब्यवसायीहरुले यस्तो माग राखेपछि मन्त्रालयका तफएवाट भदौ १ गते हवाई उडान खुलाउने प्रस्ताव मन्त्री परिषदमा लगिएको हो । हवाई उडान ठप्प भएका कारण कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुगेको भन्दै निगमले करार कर्मचारी समेत हटाएको छ । झण्डै डेढ सय कर्मचारी एकै पटक निकालिएको हो ।

नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना बनाएकै समयमा लकडाउन लागू गरेको हो । जसका कारण ठूलो लगानी पनि खेर गएको थियो ।
मन्त्री भट्टराईलेआन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने योजना बनाएर मन्त्रीपरिषदमा लगेको भएपनि भदौ १ वाटै सर्ब उडान सञ्चालन गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो । वार्षीक ८० अरव रुपैया पर्यटन उद्योगवाट आम्दानी हुने गरेको र आधा वर्ष ठप्प हुँदा करिब ४० अर्व रुपैया पर्यटन क्षेत्रमा मात्र क्षती पुगेकोछ । बताएका छन् ।

उनले अब एक दशक भित्रै फेरी पर्यटन वर्षलाई सञ्चालन गर्ने योजना रहेको बताएका छन् । अबको कार्यक्रम यो वर्ष पर्यटन वर्ष भनेर होइन की एक दशकमा पर्यटन क्षेत्रका ठिूला पुर्वाधार निर्माण गरिसक्ने पनि उनले बताएका छन् ।

Related Articles

Back to top button