vada
News

दार्चुलामा पहिरोः दुई जनाको मृत्यु, तीनजना घाइते

६ साउन कैलाली । दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
लक्ष्मीका छोरा सुभमले बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button