vada
News

बाढीका कारण डुवानमा परेको अनाथाश्रमबाट ३० जना बालबालिकाको उद्धार

चितवन । लगातारको वर्षापछि डुवानमा परेको चितवनको भरतपुरस्थित एउटा अनाथाश्रम (बालबालिका पुनःस्थापना केन्द्र)बाट प्रहरीले बालबालिका र महिलाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित सडक बालबालिका पुनःस्थापना केन्द्र ‘हाम्रो घर’ बाट ३० जना बालिबालिकाको सकुशल उद्धार गरिएको हो ।

लगातारको बाढीपछि आएको बाढीले पुनःस्थापना केन्द्र डुवानमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा आएको बाढीका कारण डुवानमा परेका भरतपुर–१६ झनझने, वडा नम्बर २६ भगडि र २७ का नागरिकलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरीले सोमबार रातिदेखि नै भरतपुर–१६ झनझने, वडा नम्बर २६ भगडि र २७ मा उद्धार शुरु गरेको थियो ।

Related Articles

Back to top button