vada
News

अस्पतालबाट दुई हात जोड्दै अमिताभले यस्ताे भने

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन, गत एक हप्तादेखि नानावटी अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अमिताभ सामाजिक सञ्जाल मार्फत आफ्नो स्वास्थ्यको बारेमा फ्यानहरुलाई जानकारी दिइरेहका छन् ।
भिडियो हेर्नुहोस्

यसै क्रममा आफ्नो शुभचिन्तक र फ्यानहरुलाई अमिताभले सामाजिक सञ्जाल मार्फत धन्यबाद व्यक्त गरेका छन् । उनले दुई हात जोडरे धन्यावद लेखेको पोस्ट सेयर गर्दै लेखेका छन् –‘अहिलेको लागि म यति नै भन्न सक्छु ।’

अमिताभका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको छ । उनीहरु पनि अमिताभसँगै अस्पतालमा छन् । भारतीय मिडियाले जनाए अनुसार सबैको स्वास्थ्य अवस्ता अहिलेसम्म सामान्य नै छ ।

Related Articles

Back to top button