vada
News

‘महानायक’ मात्र होइन दर्शकले मलाई भगवान मान्नुहुन्छ तर, म भगवान त होइन नि !

काठमाडौं । राजेश हमाल केही साता यता विवादमा मुछिएका छन् । अभिनेत्री तथा निर्माता दिपाश्री निरौलाले एक अन्तर्वार्ताका क्रममा मिडियाले राजेश हमाललाई ‘महानायक’ बनाइदिएको र उनी महानायक नभएको बताएपछि हमालका फ्यान उनीविरुद्ध खनिएका थिए ।

हमालको समर्थमा फ्यानहरुले दिपाश्री, दिपकराज गिरी लगायतका कलाकारलाई गाली गरेपनि लामो समय हमाल भने चुपचाप बसेका थिए ।

उनी केही दिन अघि मात्र आफ्ना समर्थक सुभेक्षुकलाई गाली गलौजमा नउत्रन र माफ दिन आग्रह गरेसँगै यो प्रकरण केही सेलाएको छ ।

त्यसोत अन्तर्वार्ता पछि दिपा र दिपकराज गिरीले पनि माफि मागेका थिए । तर उनीहरुमाथिको आक्रमण भने रोकिएको थिएन ।

एसैबीच सोमबार एपीवान टेलिभिजनमा अभिनेता हमालको एक अन्तर्वार्ता प्रसारण भएसँगै उनी फेरि चर्चामा आएका छन् ।

त्यसक्रममा उनले महानायकबारे पनि बहस गरेका छन् । आफूलाई केही व्यक्ति र संस्थाले महानायकको सम्मान दिएको भन्दा पनि आम नेपाली दर्शकले आफूलाई स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।
भिडियो हेर्नुहोस्

उनले उपाधि वा स्याबासीले उर्जा र हौसला मिल्ने भए पनि आफूले आफूलाई भगवान नठान्ने बताएका छन् ।

कति दर्शकले आफूलाई ‘महानायक’ मात्र नभएर भगवान समेत भन्ने गरेको सम्झँदै उनले भनेका छन्, ‘तर म भगवान त होइन नी । त्यो भ्रम पैदा हुनु पनि हुँदैन ।’

‘महानायक’ पदवीको बारेमा उनले भनेका छन्, ‘मैले ‘महानायक’ उपाधिलाई कहिल्यै गम्भीरतापूर्वक लिएको छैन । त्यो मलाई दिएको स्याबासी हो । तर, त्यसले म को हुँ भन्ने कुरा विर्साएको छैन । ‘महानायक’ त के कति दर्शकले मलाई भगवान पनि भन्नुहुन्छ । तर, म भगवान त होइन नी । मलाई नरुचाउनेले यो कलाकार होइन पनि भन्नुभएको छ । तर, म कलाकार त हो नी ।’

अभिनेता राजेश हमालले आफूले पाउने स्याबासी र आलोचना दुवैलाई गम्भीरतापूर्वक नलिने बताएका छन् ।

उनले थपेका छन्, ‘स्याबासी कसलाई मन पर्दैन । तपाईंले केही कार्य गर्नुहुन्छ र कसैले स्याबासी दिन्छ भने कसलाई मन पर्दैन । त्यो स्याबासीको मुख्य उद्येश्य तपाईंलाई आफ्नो कार्यमा प्रेरित गर्ने हुन्छ ।’ स्याबासी पाएको भनेर फुरुङ्ग भए प्रतिउत्पादक हुने उनको भनाई छ ।

Related Articles

Back to top button