vada
News

पोखराको फेवासिटीमा खर्च जुटाउन नसक्दा ‘ब्रेन ट्युमर’ बालिकाको अप्रेशन हुन सकेन, सहयोगको अपेक्षा

पोखराको फेवासिटी अस्पजतालमा विगत चार महिनादेखि उपचाररत ममताको रकम अभाव भएपछि अप्रेसन हुन सकेको छैन । फेवासिटी अस्पतालको सघन कक्षमा उपचाररत उनको उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको छ ।पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गर्दै समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि ममता गुरुङको उपचारमा सहज गराउन स्वदेश तथा विदेशमा रहेका आफन्तले सहयोग गर्न थालेका छन् । जसअनुसार आज बिहीबारसम्म १ लाख ६४ हजार १ सय २० रुपैयाँ संकलन भइसकेको छ भने उक्त रकम ममताकी दिदी ओममाया गुरुङलाई हस्तान्तरण गरिसकेको छ

Related Articles

Back to top button