vada
News

अब स्कुल- कलेज पनि संचालनमा आउने, भदौ १ गतेदेखि देशैभर गाडी चल्ने

काठमाडौं साउन ६ । सरकारले आजराती १२ बजेदेखि देशभर लकडाउन अन्त्यको घोषणा गरेसँगै भदौ १ गतेदेखि सबै प्रकारका गाडी समेत चल्ने भएका छन् ।

सरकारले कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट देश व्यापाी रुपमा लागू गरेको लकडाउन हटाएको निर्णय गरेसँगै देशभर लामो तथा छोटो दुरीका सवारी संचालनमा ल्याउने निर्णय गरिएको हो ।

यस्तै भदौ १ गतेदेखि नै विद्यालयले भर्ना लिन पाउने, शैक्षिक गतिविधि तथा परीक्षा पनि सञ्चालन गर्न पाइने सरकारले जनाएको छ ।

Related Articles

Back to top button