vada
News

नेपालमा आज थप कोरोनाले लियो एक जनाको ज्यान, को हुन् उनी ?

धरान । कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको निधन भएको छ ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति निधन भएको हो ।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो । प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । हालसम्म प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Related Articles

Back to top button