vada
News

स्याङ्जामा तीन जना प्रहरीमा कोरोना संक्रमण

७ साउन, स्याङ्जा । स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रवेश निषेध गरिएको छ ।

बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो ।

केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्पर्कको लागि [email protected] वा [email protected] मार्फत् गर्न अनुरोध गरिएको छ ।

स्याङ्जा प्रहरी कार्यालय डिएसपीका अनुसार कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।उनका अनुसार ती संक्रमित प्रहरीलाई आइसोलेसनमा लगिएको छ।

Related Articles

Back to top button