vada
News

असईले हाने आफैँलाई गोली

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आत्महत्या गरेका छन् । उनले आफैँले आफैँलाई टाउकोमा गोली हानी आत्महत्या गरेका हुन् ।
आइतवार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली हानेका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले उनले के कारणले आत्महत्या गरे भन्ने खुलिनसकेको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान शुरु भएको जनाएको छ ।

राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनको कच्चटमा गोली लागेको पाइएको छ । उनका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो । ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए ।

Related Articles

Back to top button