vada
News

‘सरकारले भ्रम फैलाइरहेको छ, महंगो पर्नसक्छ ,कोरोनाप्रति आफैं सतर्क बनौं’-संक्रामक रोग विशेषज्ञ

७ साउन, काठमाडौं । लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो ।

अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र ब’न्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको छ ।

सावधानी नअपनाए जनधनको क्षति हुनसक्छ
डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

लकडाउन गरिरहनुपर्छ भन्ने पक्षमा हामी कहिले पनि थिएनौं । तर अहिले जसरी लकडाउन खुकुलो बनाइयो, यो जनस्वास्थ्यको हिसाबबाट वैज्ञानिक निर्णय होइन ।

लकडाउन खुकुलो गर्नुअघि समाजमा सं’क्रमण कुन स्तरमा छ भनेर थाहा पाउनुपर्छ । त्यसको लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्छ । यो काम सरकारले दुई महिना पहिले गर्नुपर्थ्यो, गरेन । अहिले अन्धाधुन्ध लकडाउन खुकुलो बनाइयो । अब सर्वसाधारण आफैं सचेत भएनौं भने यो निर्णय महंगो पर्नसक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्ला भर्चुअल प्रेस मिटहरु हेर्दा नेपालमा संक्रमण दर कम भएको, कोरोना नियन्त्रणतर्फ गएको भन्ने सुनिन्छ । सरकारी विज्ञहरु ‘अब ढुक्क हुँदा हुन्छ’ भनेझैं गर्छन् । त्यस्तै तथ्यांक प्रस्तुत गरिरहेका छन् ।जब सरकारले नै ‘समुदायमा कोरोना संक्रमण छैन, भेटिएन’ भनेर भ्रम फैलाएपछि जनता सडकमा निस्किहाल्छन् नि ।

लकडाउन खुकुलो बनाए पनि सरकारले सत्य लुकाउनु हुँदैनथ्यो । सरकारले यथार्थ लुकाएको परिणाम जनताले भोग्नुपर्ने हुनसक्छ । अहिले हामीले सरकारले यथार्थ लुकाएर भ्रम फैलाइरहेको छ भन्ने बुझेर सतर्क हुनुपर्छ ।

किनकि समुदायमा सं’क्रमण कुन तहमा छ भन्ने काठमाडौं उपत्यकाका अस्पतालहरुलाई थाहा छ । अन्य रोग लिएर उपचार गराउन पुगेका धेरै बिरामीमा संक्र’मण भेटिएको छ । राजधानीका कुनै पनि अस्पताल सं’क्रमणबाट अछुतो छैन ।

यदि समुदायमा सं’क्रमण छैन भने प्रत्येक अस्पतालमा कहाँबाट भेटिए ? समुदायमा संक्र’मण फैलिएको यति धेरै संकेतहरु भेटिएका छन् ।

उपत्यका बाहिरबाट उत्तिकै मानिसहरु छिरेका छन् । यो बेला सं’क्रमणको सम्भावना झन् बढेको छ । सरकारले समुदायमा व्यापक परीक्षण गरेर मात्र यो निर्णय गर्नुपर्थ्यो । सामाजिक र आर्थिक व्यवस्थापनबारे सोच्नुपर्थ्यो ।

केही नगरी लकडाउन खोल्दिएँ भन्नुको अर्थ के हो बुझ्न गाह्रो छ । त्यसैले अब आफ्नो जिम्मेवारी आफैं लिऔं । हामी सतर्क भएनौं भने धेरै जनधनको क्षति हुनसक्छ ।

Related Articles

Back to top button