vada
News

गरीब परिवारकी १४ बर्षिय मिनसरा बश्यालको दुबै मृगौलामा खराबी देखिएपछि सहयोगको अपिल…

राजकुमार परियार : तनहुँ,भिमाद नगरपालिका वडा नं:- ८,राङ्गरुङ्ग मुढुली चौतारा निवासी श्रीमान पुर्ण बहादुर बश्याल (नेपाली) र श्रीमती हुमिमाया बश्याल कि सुपुत्री बर्ष १४ कि मिनसरा बश्याल श्री धर्म माध्यमिक बिधालय भिमाद-६,बाग्टार तनहुँ मा कक्षा -१० मा अध्यानरत बिगत ४ महिना देखि आफ्नो दुबै मृगौला खराब भएकोले काठमाडौ पाटन हस्पिटलमा उपचार गराउदै आउनु भएको छ ।

डाक्टर फिरोज ज्यु को अनुसार मृगौला प्रत्यारोपण गर्न पर्नी भएको हुदा साथै घर-परिवार कसैको पनि मृगौला नमिलेकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक समस्या परेको हुदा दैनिकी मृगौला डाइलोसिस गराउदै जीवन र मृत्यु सङ्ग लड्दै हुनुहुन्छ ।

आफ्नो “बाबा” पुर्ण बहादुर बश्याल वैदेशिक रोजगारमा दुबैमा सामान्य लेबरमा कार्यरत हुनुहुन्छ घर-परिवारमा आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपण गर्न सक्ने क्षमता नभएको हुदा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली सहयोगी मनहरुमा सहयोग गरि प्यारी बैनी मिनसरालाई नयाँ जीवन दिलायौ भन्दै सहयोगको अपेक्षा एवम् अपिल गर्दछु ।

मृगौला शरीरको एक मुल्यवान अङ्गहरु मध्य एक अङ्ग हो जसले शरिरमा बाच्नका लागि धेरै महत्व दिने गर्दछ । यसको खराबीको कारण हाम्रो शरिरमा धेरै कार्यमा बाधा पुग्ने गर्दछ । यदि मृगौला नभए मानिस एक सेकेन्ड पनि चल्न सक्दैन ।
सेवा नै धर्म हो । सेवा गरेको गुन कहि जादैन एक-न-एक ठाउँ बाट अबश्य फिर्ता आउँछ ।

शिघ्र स्वस्थ्य लाभको कामना गर्दछु :

हजुरहरुको सानो सहयोगले बैनिको ज्यान बच्न सक्छ कृपया सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण सहयोगी मनहरुमा ,संघ-संस्था,समाजसेवि ज्यु हरुमा बैनिको मृगौला प्रत्यारोपण गराई नयाँ जीवन दिउ भन्दै हार्दिक अपिल,अपेक्षा एवम् अनुरोध गर्द्छु ।

सहयोगको लागि सम्पर्क

* मृगौला पिडितको दाजु मिलन बश्याल :- +9779829138452
* मृगौला पिडितको बाबा(दुबै) :- +971569103736
* श्याम बश्याल (मलेसिया) :- +601121518628
* गुन बहादुर बिश्वकर्मा (तनहुँ,भिमाद-राङ्गरुङ्ग) :- +9779806781948
* शालिकराम सुनार :- +9779815152838
* कपिल श्रेष्ठ (तनहुँ,भिमाद-राङ्गरुङ्ग) :- +9779813258718

विशेष धन्यवाद महेश सुनार ज्युलाई !

Related Articles

Back to top button