vada
News

खुशीको खबर, आज एकैदिन १ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, साउन ८ । नेपालमा थप १ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ कोरोनालाई जितेर घर फर्केका हुन् । योसँगै हालसम्म नेपालमा १२ हजार ८ सय ४० जना डिस्चार्ज भएका छन् ।

त्यस्तै यसअघि बुधबार २ सय ७ जनाले कोरोनालाई जितेर घर फर्केका थिए भने १ सय जनामा संक्रमणको पुष्टी भएको थियो । पछिल्ला दिनमा नेपालमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढ्दो छ ।

Related Articles

Back to top button