vada
News

श्रीमती ह’त्या गरेका रञ्जन घटनाले लियो यस्तो नयाँ मोड

काठमाडौं । श्रीमतीको ह त्या गरेको अभियोग पुष्टि भएर जन्म कै’दको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइराला विहिवार छुटेका छन् । सर्वोच्च अदालतले आधा स’जाय घटाई दिएपछि उनी विहिवार छुटेका हुन् । सर्वोच्च अदालतको यो निर्णय पछि सर्वसाधारणले पनि विरोध जनाइरहेका छन् । मृ तक गीताकै दो ष भन्दै सर्वोच अदालतले उनको आधा स’जाय घटाउने निर्णय गरेको थियो ।

सर्वोच्चको यो फैसलामा पुनरावलोकन गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयले अध्ययन सुरु गरेको छ। सर्वोच्चले असार १५ गते गरेको फैसलाअनुसार कोइराला बिहीबार छुटिसकेका छन्। रन्जनलाई लिन उनकी प्रेमीका गाडी लिएर गएकी थिइन् । श्रीमती गीतासंग सम्बन्ध राम्रो नभएपछि उनी प्रेमीकासंग बस्दै आएका थिए । गीताको ज्यान लिएको अभियोगमा उनी ८ वर्ष देखि जे लमा थिए । महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता संजीवराज रेग्मीका अनुसार सो कार्यालयले पुनरवलोकनमा जाने आधारबारे अध्ययन गरिरहेको छ।

यस्तै प्रकृतिको अन्य घटनामा सर्वोच्च अदालतले यस अघि गरेको फैसला र यो घटनाको फैसलामा बेमेल देखिएपछि महान्यायधिवक्ताको कार्यालयले अध्ययन सुरु गरेको हो । श्रीमती गीता ढकालको ज्यान लिएपछि जिल्ला अदालत र पुनरावेदन अदालतले उनीविरुद्ध सर्वस्वसहित कै’दको फैसला गरेका थिए।

तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले उनीविरुद्धको स’जाय घटाउने फैसला गरेको थियो। कोइरालाले २०६८ माघमा श्रीमतीको ज्यान लिएका थिए । उनले श’व समेत जंगलमा लगेर ज’लाएका थिए ।

Related Articles

Back to top button