vada
News

कोरोना संक्रमणबाट विदेशमा एकै हप्ता १६ जना नेपालीको मृ*त्यु

काठमाडौ । विश्वभर महामारीको रुपमा रहेको कोरोना संक्रमणका कारण विदेशमा पछिल्लो साता १६ नेपालीको मृत्यु भएको खुल्न आएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, संयुक्त अरब ईमिरेट्स युएईमा ५ र कुवेतमा ३ जना नेपालीहरुको मृत्यु भएको हो ।

यो संख्यासँगै कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६० पुगेको छ । यस्तै, गत हप्ता नै भारत, साउदी अरब, युएई र कुवेतमा मात्र यो साता ९ सय ५० नेपालीमा संक्रमण पुष्टि भएको छ । हालसम्म विभिन्न मलुकमा ३० हजार ५ सय ७१ नेपालीमा संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । संक्रमित मध्य अहिलेसम्म २८ हजार ६ सय ८१ जना निको पनि भइसकेका छन् ।

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना संक्रमणका कारण विदेशमा पछिल्लो साता १६ नेपालीको मृत्यु भएको खुल्न आएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, संयुक्त अरब ईमिरेट्स युएईमा ५ र कुवेतमा ३ जना नेपालीहरुको मृत्यु भएको हो ।

यो संख्यासँगै कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६० पुगेको छ । यस्तै, गत हप्ता नै भारत, साउदी अरब, युएई र कुवेतमा मात्र यो साता ९ सय ५० नेपालीमा संक्रमण पुष्टि भएको छ । हालसम्म विभिन्न मलुकमा ३० हजार ५ सय ७१ नेपालीमा संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । संक्रमित मध्य अहिलेसम्म २८ हजार ६ सय ८१ जना निको पनि भइसकेका छन् ।

Related Articles

Back to top button