vada
News

दुनियाँमै अचम्मको ठाउँ जहाँ बिहे गरिदिनकै लागि छोरीलाई ज’बर्जस्ति मोटी बनाईन्छ

महिलाको सपना नै हुन्छ, स्लीम र आकर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । तर, संसारमा यस्ता पनि देश छन्, जहाँ स्लीम महिलालाई आकर्षक ठानिदैंन ।अफ्रिकाको मौरिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । यहीकारण युवतीहरुलाई सानैदेखि ज’बर्जस्ती मोटो बनाइन्छ ।

नेशनल जियोग्राफिकका अनुसार सो देशमा मोटी महिलालाई सुन्दर र से’क्सी मानिन्छ । मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । ध’म्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ ।

ज’बर्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् ।मौरिटानियाका महिलाहरु भन्छन्, ‘ज’बर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो शरीर समाजको हिसाबले गर्व गर्न लायक हुन्छ । उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अफर गर्छन् ।

यस्तै, कतिपय ठाउँमा किशोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य ख’तरनाक औषधि प्रयोग गरेको पाइएको छ । सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् । न्युज २४ नेपाल बाट ।

Related Articles

Back to top button