८ बर्ष अघी श्रीमतिको ज्यान लिएका पूर्वडिआइजी छुटेपछि प्रेमिका लिन आइन तर आफ्नै छोराहरु आएनन (भिडियो हेर्नुहोस)
श्रीमती ज्यान लिएर दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक रञ्जन प्रसाद कोइराला जेलमुक्त भएका छन् ।
सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी रञ्जन आज जेलमुक्त भएका हुन । यसअघि यो मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनलले पनि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यस विरुद्ध प्रतिवादीका तर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो ।
प्रहरिका अनुसार रञ्जनले विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएका थिए । उनलाई शव जलाएर फर्किंदै गर्दा नाग ढुुंगामा प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चले मृुतक श्रीमतीकै दोष देखाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाएर थुना मुक्त गर्ने निर्णय गरेको हो । बाकी भिडियो मा हेर्नुहोस
source:OSnepal