जेलमा आफन्त भेट्न गइन् महिला, तलासी गर्दा सुन्तलाको बोक्रा चर्केको देखेपछि पारिन फन्दामा !!
सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट ला’गूऔ’षध बरामद भएको छ ।
आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ । माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् ।
मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्वनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।
सुन्तलाभित्र अगरबत्तीको मोटाइको ला’गूप’दार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी ला’गूपदा’र्थ राखिएको थियो । सुन्तलाभित्रबाट करिब ४० ग्राम न’शालु प’दार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा लगाएको छ ।
यो पनि ‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए
गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा।
गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाए –पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने।
त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलका नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुप¥यो, त्यो पनि ठाडो उकालोमा।
स्थानीय महिला झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन्। स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका हुन्।
सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए। नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पु¥याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखियो।
‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यबस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतालाई भने, ‘समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला।’
गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने, ‘तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता बोध गराउनुभयो। चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भयो।’ यो घटना केहि महिना अगाडी भएको थियो ।’