vada
News

काठमाडौँमा युवतीमाथि ए,सि,ड हा,न्ने युवकले दिए यस्तो अनौठो बयान, प्रहरी नै तीनछक

काठमाडौँ । कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।

‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए । मा,तृ,का दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्।

आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।

युवतीमाथि ए,सि,ड छ,र्कि,ए,को पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घाइते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।

त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हात,मा ए,सि,ड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो । प,क्रा,उ,पछि ए,सि,ड प्र,हा,र गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर ए,सि,ड हा,न्न गएको हुँ, मलाई नै ए,सि,ड लाग्यो, सारै पोलेको छ’ भन्दै प्रहरीलाई बयान दिए ।

महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि ए,सि,ड हा,न्ने योजना बुनेको बयान दिएका छन् । ‘उनले रुपको सारै घ,म,ण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर ए,सि,ड हा,न्ने योजना बनाएँ ।’

तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । उनले आलमसँग त्यस्तो झै,झ,ग,डा पनि कहिल्यै नभएको बताएकी छिन् । ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ । ‘जुजुधौ दही र चिउरा लिएर कोठातर्फ जाँदै थिए, एउटा खैरो सर्ट र मुखमा मास्क लगाएको मानिस कुदेर म भएको ठाउँमा आयो, हातमा भएको बस्तु मेरो अनुहारमा फ्ँयाकेर भाग्यो,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘मेरो कसैसँग झगडा पनि परेको थिएन, तर त्यो मानिस म पसलमा जाँदा परबाट नियालिरहेको थियो ।’

एसएसपी थापाका एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए । एसिड प्रहारपछि प्रहरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए । ‘हामी घटनापछि निकै दबाबमा थियौं,’ थापाले भने, ‘तर परिसर र महाशाखाको संयुक्त प्रयासमा घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सम्भव भयो ।

निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु, घाइते युवा भन्छन- ‘पानीमा सुताएर लट्ठी र लात्ताले हान्यो । पानीमै हिँडाउँदै लिएर गयो। बाटोमा जत्रो जत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्यो। खोला छाडेर पाखामा उत्रेपछि सुत् भन्यो।’

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् । रमेशकुमार पौडेलले कनातिपुर दैनिकमा समाचार लेखेका छन् ।

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । ‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो (बुधबार) त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।

राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन !’

मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ । ‘कुटपिट भएको छैन, त्यो पोस्टमार्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आरोप निराधार हो, महिनामा चार सय जना मान्छे समाएका छौं तर कसैलाई कहिल्यै कुटपिट हुने गरेको छैन ।’

पानीमा सुताएर लट्ठीले र ला,त्ता,ले हा,न्यो : सन्तलाल प्रजा चेपाङ

मसहित त्यस दिन हामी सात जना थियौं । दुई महिला थिए, पाँच जना केटाहरु थियौं । हामी ब्लक फ्याक्ट्रीमा काम गर्छौं । साउन १ गते छुट्टीको दिन थियो, काम भएन । साथी मिलेर जाऔं न त निउरो, अमिलो केही भेटिन्छ कि भनेर गएका हौं । हामी खोलैखोला गइरहेका थियौं, हामीलाई थाहा थिएन, पछ्याउँदै आएको रहेछ । खोलामा एकसुरले हातले छाम्दै घोंगी समात्न थाल्यौं ।

राप्ती तरेर पारिपट्टि ज्युँडी भन्ने खोलामा पुगेपछि एक्कासि एउटा आर्मी देख्यौं । उनले ‘ओ यहाँ आइज’ भने । कुनै सोधपुछ छैन । खुट्टामा लगाउने बुट हातमा लिइराखेको थियो । त्यसैले ड्याम्म हान्यो । पानीभित्र लौरो थियो, त्यसले मलाई गर्धनमा हान्यो । म पानीमै भक्लक्क ढलें । बोल्न त के–के बोल्यो बोल्यो । नराम्रो शब्द पनि भन्यो । अनि पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो । पानीमै हिँडाउँदै लिएर गयो । खोला छाडेर पाखामा उत्रेपछि त्यहाा सुत् भन्यो । त्यहाँ पनि फेरि दुई–तीनचोटि हान्यो । डँडाल्नोमा लट्ठीले हान्यो । बाटोमा जत्रोजत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्ने ।

एक्लैले बोक् भन्ने, नराम्रो शब्द भन्ने । त्यसमाथि सय–सयचोटि उत्तानो र घोप्टो पुसअप गर्न लगायो । यसो गरी–गरी चौकीमा पुर्‍यायो । लिगलिगे पोस्टमा लग्यो । त्यहाँ प्रशासनले सोधिराथ्यो । प्रशासनका मान्छेले यसरी पिट्न त नहुने हो, जे–जस्तो भए पनि कारबाही त गरिन्थ्यो, पिट्न नहुने हो भनिराखेका थिए । अब पिटाइ खाइसक्यो । अनि हजार–हजार रूपैयाँ जरिवाना तिर्नुपर्छ भन्न थाले हामीलाई । हामीसँग पैसा छैन, कहाँबाट तिर्नु भन्यौं ।

हाम्रो ग्रुपमा अलि पातलो त्यही राजकुमार थियो । उसलाई बढी चोट पर्‍यो । लातले हान्ने, पानीभित्रै लात र लट्ठी–लट्ठीले हान्या छ । त्यसरी हानेपछि ऊ त पातलो मान्छे, मार त बढी पर्‍यो होला नि, हामीलाई पिट्दा एक जना मात्रै थियो । पछि फोन गरेर अरु पनि बोलायो । प्रशासनको पनि आयो । ६ जना भए उनीहरु । पिट्न त एक्लै पिटेको हो । महिलाहरुलाई मुख छाडे पनि हातपातचाहिँ गरेन । पछि हामीलाई साँझपख छाड्यो । त्यही पिटाइको असरले मैले त औषधि खाइरहेको छु । राजकुमार पातलो मान्छेलाई झन् के–के भयो–भयो ।

Related Articles

Back to top button