vada
News

यस्तो छ आजको विदेशी विनिमय दर,हेर्नुहोस कुन मुद्राको कति ?

काठमाडौं, साउन ९- नेपाल राष्ट्र बैंकले आज साउन ९ गतेका लागी तोकेको विदेशी मुद्राको विनिमय दर तोकेको छ । विनिमय दर अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ३२ पैसामा खरिद तथा १ सय १९ रुपैयाँ ९२ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, १ युरोको खरिद दर १ सय ३८ रुपैयाँ २७ पैसा तथा बिक्री १ सय ३८ रुपैयाँ ९६ पैसा तोकिएको छ। यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ । , मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

Related Articles

Back to top button