vada
News

काठमाडौं उपत्यकामा थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १० कोरोना संक्रमित थपिएका थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौँका थप १० जनामा कोरोना पुष्टि भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वार गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँमा ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।

यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या १८३७४ पुगेको छ। संक्रमबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १९ हजार ४४४ रहेको छ। सक्रिय संक्रमितको संख्या भने ५ हजार ३८३ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १०७ जनाले कोरोनालाई जितेका छन्।

अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर १२ हजार ९४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

Related Articles

Back to top button