vada
News

जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन् उनी, कारण यस्तो छ !

सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ। शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो। फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो। फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन्। तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन्। तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ। आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन्।’

शिशु जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए। उनले इसाबेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन्। उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन्।

इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन्। ‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो। उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’ उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन्।’

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button