vada
News

.भखरै फेरि आयो दुःखद् खबर,बाटोमै छटपटी भएर ३४ वर्षीय कृष्णबहादुरको मृत्यु

जेठ ११, काठमाडौँ | भारतको गुजरात हुदै अर्घाखाँची पुगेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर रहेका छन् |
भूमिकास्थान नगरपालिका–९ का अध्यक्ष नारायणप्रसाद बन्जाडे अनुसार कृष्णबहादुर नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको हो भनेर जानकारी गराएका छन् |

उक्त मृत्यु भएको देख्ने मानिसहरुको अनुसार उनले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए |

उनको मृत्युको कारण भने अहिल्ये कुलना सकेको छैन | मृतकको सब अहिल्ये भारततर्फ पर्ने बढनीमा रहेको जानकारी आएको छ |

मृत्यकको मृत्यु भएको कारण खुल्न सकेको छैन त्यसैले उनको स्वाब परीक्षण गराउने तयारी भईरहेको जानकारी आएको छ | source khabarhd.com

 

यो पनि पद्नुहोस

जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए । सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।

प्रहरी निरीक्षक विष्टले घटनापछि जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता भएको बताए । नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको दावी गरेका छन् । घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । घटनापछि बेपत्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घटनामा संलग्न जो कोहि भए पनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ ।

Related Articles

Back to top button