vada
News

एसिड आक्रमणको झण्डै एक वर्ष, मुस्कान भन्छिन्- अपराधीको जित नहोस् भनेर कहिल्यै आँसु झारिनँ (भिडिओ)

वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको झन्डै एक वर्ष भएको छ। गत भदौ २० गते स्कुल जाने क्रममा उनीमाथि एसिड प्रहार भएको थियो।

त्यसयता मुस्कान आफ्नो परिवारसहित काठमाडौं नै बसेर उपचार गराइरहेकी छिन्।अहिले भने मुस्कानले आफ्नो घाउलाई बिर्सिंदै पुरानै खुसीमा फर्किएकी छन्। यसका लागि उनले आफ्नो परिवार र शुभचिन्तकहरूलाई धन्यवाद दिएकी छिन्।

तर पटक-पटक एसिड प्रहारको घटना दोहोरिँदा मुस्कानको फर्किंदै गरेको मुस्कान फेरि धमिलो हुन्छ। शुक्रबार उनी बस्ने कोठा पुग्दा मुस्कानले भनिन्,’जब यस्तो घटना घट्छ म आफ्नै घटनालाई सम्झिन्छु। फेरि त्यहीँ पीडा मनमा आउँछ।’

Related Articles

Back to top button