vada
News

पूर्वी सीमा काकरभिट्टाका १८ सशस्त्र प्रहरीलाई कोरोना पुष्टी

पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ ।

साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले बताए ।

यो पढ्न छुटाउनु भयो कि
नेपालमा कोरोना संक्रमणको कारण ४४ जनाले ज्यान गुमाए : स्वास्थ्य मन्त्रालय
कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु
पर्सामा ५ जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण
आजको संख्या सहित झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन । त्यस्तै पुराना ५ सहित आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थीत आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पुर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भए पछि समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

जस्तापाताले घेरेर अस्थाइ रुपमा बनाइएको क्याम्पमा खटिएका सशस्त्र प्रहरी । तस्विर इमेची डटकम
नियमित काम गरिरहेका सिमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टी भए पछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन ।

मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।

Related Articles

Back to top button