vada
News

सवारी दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु

फिदिम : मेची राजमार्ग हुँदै इलामदेखि पाँचथरतर्फ आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । राँके बजार नजिकै मे १ ख १८६३ नम्बरको ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा प्रहरी चौकी राँकेका प्रहरी हवल्दार नबिन बस्नेतको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

झापा अर्जुधारा घर भएका ३७ वर्षीय बस्नेत मे ११ प ४६६ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा खटिएका थिए । दुर्घटनामा परी बेहोस बनेका बस्नेतलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको न्यौपानेको भनाइ छ । ट्रकचालक कमलप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button