vada
News

अभिनेता राजेश हमालको पूर्ण परिवार यस्तो रहेछ

काठमाडौं । अभिनेता राजेश हमाल यतिबेला पारिवारिक शोकमा छन् । एक मात्र भाइ राकेश हमालको निधनले उनी पीडामा छन् । लामो समयदेखि कलेजो समस्याले राकेशको तीन दिनअघि भारतको नयाँ दिल्लीस्थित ह्याम्स हस्पिटलमा निधन भएको थियो ।

आफूभन्दा डेढ वर्ष मात्र भाइलाई सम्झेर राजेशले बाल्यकालका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन् । शुक्रबार उनले आफ्नो पूरै परिवारको तस्बिर सेयर गरेका छन् । जसमा हजुरबुबा, बुबा चुडाबहादुर हमाल, आमा, तीन दिदी, राकेश र राजेशको बाल्यकालको तस्बिर रहेको छ ।

तस्बिरमा रहेकामध्ये हजुरबुबा, बुबा, आमा र भाइ राकेशलाई राजेशले गुमाइसकेका छन् । आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गुमाउनुपर्दा उनी पिडामा रहेका हुन् ।

Related Articles

Back to top button