vada
News

जेल सजायँबाट जोगिन मरेको नाटक, तर यसरी खुल्यो पोल

काठमाडौं । अपराधीहरु सजायँबाट जोगिनका लागि केकेसम्म जुक्ति लगाउँदैनन् ? अपराधीका त्यस्ता उपायहरुको वारेसचाहिँ वकिलहरु बन्दा रहेछन् । हालै अमेरिकामा एउटा यस्तै घटना भएको छ ।अमेरिकाको न्युयोर्क राज्यस्थित लङ्ग टापुमा एकजना अभियुक्तले जेल जानबाट जोगिनका लागि मरेको नाटक गरेका छन् ।जेल सजायँबाट अभियुक्तलाई जोगाउनका लागि उनका वकिलले अदालतमा अभियुक्तको मृत्यु भएको प्रमाणपत्रसमेत पेश गरे । तर उक्त मृत्यु प्रमाणपत्रको हिज्जेमा रहेको गम्भीर गल्तीका कारण त्यो प्रमाणपत्र नक्कली भएको र ती व्यक्ति ज्युँदै रहेको खुलासा भयो ।

Related Articles

Back to top button