vada
News

भारतीय ह्याकरद्वारा नेपाल प्राधिकरणको वेबसाइट ह्याक गरी राखे आफ्नो झण्डा !

काठमाडौं । भारतीय ह्याकरहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेवसाइट ह्याक गरेका छन्। ‘घोष्ट ००५७_५पि३सी७०६’ नामक ह्याकरहरुको समूहले प्राधिकरणको वेबसाइट ह्‍याक गरेपछि भारतीय झण्डा पनि राखिदिएका छन्। ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको जानकारी दिएका हुन। ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइएको थियो। तर, फेरि साइट ह्याक भएको छ।

भारतीय ह्याकरको समुहले नेपाली ह्याकरहरुको समुहले सम्झौता उ’ल्लंघन गरेको आ’रोप लगाएको छ। तर, नेपाली पक्षले सम्झौता उ’ल्लंघन नगरेको जनाएको छ। यसअघि दुवै पक्ष ह्याक नगर्न सहमत भएका थिए।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button