vada
News

साम्राज्ञीले मेरो इमेजमा धक्का लाग्नेगरी गाली बेइज्जती गरिन त्यसैले, मैले १० करोडको क्षतिपुर्तिको मागसहित अदालतमा मुद्दा दर्ता गरेको छु

काठमाडौं। नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्। १० करोड क्षतिपूर्ति मागदाबीसहित नायक केसीले आज (शुक्रबार) अदालतमा मुद्दा दायर गरेकाे सुचना अधिकारी ज्ञान बहादुर कार्कीले मकालु खबरलाई जानकारी दिए। सूचना अधिकारी कार्कीका अनुसार भुवनले उजुरी गरिसकेपछि कानुनी प्रक्रिया अघि बढेकाे छ। अब अदालतले साम्राज्ञीको नाममा म्याद जारी गर्ने उनले बताए।

साम्राज्ञी र भुवनबिचको विवाद केही समय अगाडि चलचित्र क्षेत्रमा छताछुल्ल भएको थियो। सामाजिक सञ्जालमा उनीहरुले एक अर्कालाई आरोप-प्रत्यारोप समेत लगाएका थिए। करिब ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भई सुपरहिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता कुराहरु साम्राज्ञीले उठाएकी थिईन्। यही विषयमा भुवन र साम्राज्ञीबिच चर्काचर्की भएको हो।

जापानमा आयोजित एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप लगाउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भनेकी थिइन्– ‘उहाँले मलाई तँ त मेरो प्रोडक्ट हो बाबा, अब पुरानो कुरा कोट्याएर फाइदा हुँदैन। तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भन्नुभएको थियो। त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो। तैपनि म हाँसेरै बालेँ। ती कुराहरू अलि टाढा बसेरै पनि भन्न सकिन्थ्याे नि! के गाला जोडेर, टाँस्सिएरै भन्नुपर्छ र?’

विवादकै बिच भुवनले साम्राज्ञीलाई अब पनि आफूमाथि विभिन्न आरोप लगाइ भिडियो बनाएर सामाजिक सञ्जालमा हाले मानहानी सम्बन्धी कानुनी कारवाहीको प्रक्रिया चाल्ने चेतावनी दिएका थिए। उनकाे चेतावनी लत्याउँदै साम्राज्ञीले भुवनकाे विरूद्ध बाेल्न छाेडिनन् र अन्ततः भुवनले कानुनी प्रक्रिया अघि बढाए। ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेर विभिन्न सुपरहिट फिल्म निर्माण गरी कमाएकाे मान प्रतिष्ठामा साम्राज्ञीका कारण आघात पुगेको भुवनकाे आराेप छ। यसअघि नायक केसीले आफ्नो चरित्र ह’त्या भएको भन्दै कलाकार संघमा उजुरी समेत दिइसकेका छन्। मकालु खबरबाट

Related Articles

Back to top button