vada
News

इजराइली सैनिकलाई युवतीको तस्बिरले लोभ्याइयो, आफ्नो फोन ह्या’क हुने बारे थाहा थिएन, त्यसपछि…

इजराइलका दर्जन बढी सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्या’क गरिएको इजराइली सेनाले जानकारी दिएको छ । सेनाका एक प्रवक्ताका अनुसार सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न लोभ्याइएको थियो । सैनिकलाई उक्त एप्लिकेशनले आफ्नो फोन ह्या’क हुने बारे थाहा थिएन । इजराइली सेनाले उक्त ह्या’किङ हमास संगठनसँग सम्बन्धित व्यक्तिहरुले गरेको आ’रोप लगाएका छन् । गजामा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजराइलबीच पुरानो दु’श्मनी छ ।

इजराइली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजराइली सैनिकको फोन ह्या’क गर्ने हमासको यो तेस्रो र अहिलेसम्मको सबैभन्दा जटिल प्रयास थियो । उनले भने, ‘उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमतालाई बढाइरहेका छन् । यो हामीले महसुस गरेका छौं ।’

कर्नल कार्निकसका अनुसार ह्या’करले टु’टेफु’टेको हिब्रु बोल्ने र प्रवासी भएको दा’बी गर्ने युवतीको रुप धारण गरे । सैनिकसँग दोस्ती बढाएपछि ती युवतीहरुले केही लिङ्क पठाए र यसमार्फत् आफूले तस्बिर पठाउने जानकारी दिए । वास्तवमा, त्यो एउटा भा’इरस थियो जसले स्मार्टफोन ह्या’क गर्ने गर्छ ।

एकपटक क्लिक गरेपछि यो लिंक ह्या’करलाई स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस दिने गर्छ । यतिमात्रै होइन, यसलाई फोन नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोग गर्ने व्यक्तिको जानकारी बिना नै तस्बिर र आवाज रेकर्ड गर्न सकिन्छ । कर्नल कार्निकसका अनुसार इजराइली सेनालाई यो ष’ड्यन्त्रबारे महिनौं अघि थाहा भएको थियो र आफ्नो निगरानीमा यसलाई चल्न दिइयो । पछि यसलाई ब’न्द गरिएको थियो ।

इजराइली सेनाले पहिले पनि आफ्ना सैनिकलाई सतर्कतापूर्वक स्मार्टफोन प्रयोग गर्न चेतावनी दिइसकेको छ । इजराइल र हमासबीच दशकौंदेखि सं’घर्ष चलिरहेको छ र यी दुबै एक अर्काको जासुसी गर्न जुटिरहेका छन् ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button