vada
News

यामाहाले ल्यायो हिरो एक्सपल्स २०० को प्रतिस्पर्धि अर्को अफरोड बाइक डब्लुआर १५५

यामाहाले आर १५ को मोटर भएको अफरोड बाइक डब्लुआर १५५ बाइक थाइल्यान्डमा लन्च गरेको छ ।

भारतीय बजारमा यो बाइक २०२१ मा आउने सम्भावना छ भने नेपाली बजारमा त्यो भन्दा पछि आउन सक्छ । तर यामाहाको यो बाइकले हाल निकै नै चर्चा बटुलेको छ ।

यामाहा डब्लुआर १५५ मा भएको फोर स्ट्रोक एसओएचसी फोर भल्व इन्जिनले १६.७२ पीएसको पावर र १४.३ एनएमको टर्क जेनेरेट गर्छ ।

थाइल्यान्डमा सो बाइकको मूल्य १ लाख ५ हजार थाई भाट राखिएको छ । नेपाली मूल्यमा हिसाब गर्दा यसको मूल्य ४ लाख रुपैयाँको हाराहारी हुन्छ । यद्यपि कर र अन्य प्रयोजनका कारण यसको मूल्यमा फरक पर्न सक्छ ।

यसको मूल्य आर १५ भन्दा बढी भए पनि यो एक प्रकारको प्रिमियम मूल्यमा उपलब्ध हुने अनुमान छ । यसले हाल बजारमा उपलब्ध हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

यामाहाले आफ्नो १५५ सीसी इन्जिन प्लेटफर्मलाई धेरै बाइकहरुमा प्रयोग गरिरहेको छ र यो लोकप्रिय पनि बनिरहेको छ । यो भन्दा पहिले यामाहाका आर १५, एमटी १५, एक्सएसआर १५५ र डब्लुआर १५५ यही प्लेटफर्ममा आधारित छन् ।

नेपाली बजारमा पनि पहिले देखि नै आर १५ र एमटी १५ उपलब्ध छन् । अन्य दुई मोडल भने अन्तर्राष्ट्रिय बजारमा मात्र उपलब्ध छन् ।

Related Articles

Back to top button