vada
News

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । कोरोनाका कारण वीरगन्जमा १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो
कोरोनाको संक्रमणका कारण वीरगन्जमा एक १७ वर्षीया किशोरीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४५ पुगेको स्वास्थ्य मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार ज्यान गुमाउनेमा बाराको परवानीपुरकी ८ कि एक १७ वर्षीया किशोरी रहेकी छिन् । उनको शुक्रबार बेलुका निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बुधबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी उनको आरडीटी परीक्षण गर्दा पोजिटिभ आएपछि उनलाई आकस्मिक उनको ८ गते स्वाब संकलन गरिएको र ९ गते कोरोना पुष्टि भएको थियो।

शरीरमा अक्सिजनको मात्रा कम भएको, पखाला लाग्ने, जीउ कम्ने र स्वासप्रस्वास लगायतका समस्याहरु देखिएर उपचार जारी राखिएकै बेला निधन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १३ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज १ सय ९ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button