vada
News

कर्मचारीमा कोरोना पुष्टि भएपछि आन्तरिक राजश्व कार्यालय बन्द, कर्मचारीहरुलाई क्वारेन्टिनमा

नेपालगन्ज । कर्मचारीलाई कोरोना पुष्टि भएपछि नेपालगन्ज स्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी गराएको छ । कार्यालयले कर्मचारीमा कोरोना देखिएको र अन्य सबै कर्मचारीको पनि पिसिआर परिक्षण गर्नुपर्ने र क्वारेन्टिनमा राख्नुपर्ने भएकाले कार्यालयको काम बन्द गरिएको सुचना मार्फत जनाएको छ । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन अन्त्य गर्ने निर्णय गरेसंगै सर्वसाधारणको चलह पहल बढेको छ ।

सरकारी कार्यालय, पसल ब्यवसाय र यातायातका साधन नियमित हुन थालेका छन् । जसका कारण कोरोनाको जोखिम पनि बढ्दै गएको छ । विराटनगरमा समुदाय स्तरमै कोरोना सरेको छ भने अन्य जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समय देखिको लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको भएपनि कोरोनाको जोखिम भने कायम नै छ ।

यातायात साधन प्रयोग गर्दा वा वाहिर निस्कदा सुरक्षा सावधानी अपनाउनु पर्छ । लामो समय देखिको लकडाउन खुलेसंगै सर्वसाधारणहरुको जमघट र भेटघाटका कार्यक्रम बढ्नुले पनि जोखिम बढाएको छ । सरकारले स्वास्थ्य सावधानी अपनाउदै काम नियमित राख्न आग्रह गरेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टाइन गरिएको छ । राजश्व कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण सुरु गरिएकाले आइतबार कार्यालय सम्पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।

नेपालगन्जको त्रिभुवन चोकमा गरिएको र्यान्डम सेम्पलिङमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालय बाँकेले त्रिभुवन चोकबाट गरिएको स्वाब संकलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । जसमध्ये १ जना आन्तरिक राजश्व कार्यालयका कर्मचारी, त्रिभुवन चोकका मिठाई पसले र कामको खोजीमा नेपालगन्ज आएकी युवती रहेका छन् ।

Related Articles

Back to top button