vada
News

पत्निको दाहसंस्कारबाट फर्केका वडाध्यक्षमा देखियो कोरोना, दाहसंस्कारमा सामेल भएका १ सय बढी मलामी पनि जोखिममा !

काठमाडौँ । नेपालमा पछिल्लो समय समुदायमा पनि कोरोना संक्रमण देखिन थालेको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा मात्रै बस्नेहरुमा देखिएको भएता पनि अहिले भने समुदायमा नै यसको संक्रमण फैलिएका कैयन उदाहरणहरु छन् । जसको पछिल्लो उदाहरण रौतहटमा देखिएको छ । रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको बताइएको छ ।

शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएपछि जिल्ला अस्पताल आएका उनको परिक्षण गर्दा संक्रमणको पुष्टि भएको थियो । संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले काठमाडौँ ल्याउन लागिएको बताइएको छ । उनीसँगै मलमा गएका १ सय भन्दा बढी मलामीको पहिचान गरेर उनीहरुको पनि स्वाब परिक्षणको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा उनीहरुको पहिचान गरिँदैछ ।

Related Articles

Back to top button