vada
News

यसकारण एक्कासि सिधाकुरा टिम हेलिकप्टर चार्टर गरेर म्याग्दी पुगे

साउन / न्युज २४ टेलिभिजनबाट हप्ताको ३ दिन आइतबार, मंगलबार , बिहिवार प्रसारण हुँदै आइरहेको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग का टिम यतिबेला म्याग्दी पुगेका छन् । केहिहप्ता अगाडिबाट सातै प्रदेश जनताको घरदैलोमा पुग्ने उदेश्य सहित सुरु गरेको घरदैलो कार्यक्रमका लागि गण्डकी प्रदेश पोखरा पुगेका सिधाकुरा टिम एक्कासि शनिबार दिउँसो हेलिकप्टर चार्टर गरेर म्याग्दि प्रस्थान गरेका हुन् ।

सिधा कुरा जनतासँग कार्यक्रम भोलि आइतबार पोखरा को हल्लन चोक लेकसाईड स्थित होटल गुड विल बाट बेलुका ८:५० मा प्रतक्ष्य प्रसारण हुँदैछ ।शुक्रबार दिउँसो पोखरा पुगेको न्युज २४ सिधाकुरा टिम पोखराका विभिन्न समस्या जनगुनासो सुन्न र ती समस्याहरुलाई टेलिभिजनमा प्रसारण गर्न देशका साथै प्रदेशमा यात्रा गरिरहेको बेला सिधाकुरा टिम पोखरा पुगेको हो ।

आज १० बजेदेखि २ बजेसम्म जनताका समस्या सुन्ने र समस्यालाई कार्यक्रम को केही भाग बनाउने समय थियो । तर, अचानक केही पीडित को म्याग्दीबाट जटिल समस्या पहिरो पीडित गुनासो सीधा कुरा टिमलाई जानकारी दिएपछि भोलिको कार्यक्रममा प्रसारण गर्नको लागि आजै गए र आजनै आउनुपर्ने भएको कारणले रबि लामिछाने सहित सिधाकुरा टिम हेलिकप्टर चार्टर गरी बिम मराङ ताकमको म्याग्दीका पहिरो पीडित सहित अन्य को गुनासो सुन्न र कार्यक्रम मा समस्या उब्जगर गर्न हेलिकप्टर लिएर पोखराबाट म्याग्दी गएका हुन।

Related Articles

Back to top button