सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो अर्को रेकर्ड
काठमाडौँ । भारतका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो।
रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०/१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन्।
सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ। फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो।
रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो। सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ।
स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हासन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ।