vada
News

तिनै संक्रमित भए जसले आफ्नो कारलाई एम्बुलेन्स बनाएर निशुल्क सेवा दिइरहे…

१२ जेठ, काठमाण्डौ । कोरो’ना भा’इरसको सं’क्रमण पुष्टि भएका बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष समाजसेवी भएको खुलेको छ। उनी ल’कडाउनले समस्यामा परेका विरामीको सेवाका लागि आफ्नो गाडीलाई एम्बुलेन्स बनाएर नि:शुल्क रुपमा चलाइरहेका थिए।

‘बुढानिलकण्ठ नगरपालिकाको स्थायी बासिन्दा हो। समाजसेवी हो। कहीँ पनि जानुभएको छैन। उहाँले लकडाउनको अवधिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर सुत्केरी, वि’रामीलाई निशुल्क सेवा दिँदै आउनुभएको थियो। ल’कडाउन अवधिमा २ हजार भन्दा बढीलाई सेवा दिइसक्नुभएको छ,’ नगरपालिकाका एक अधिकारीले  भने।

उनले अहिले बैठक बसिरहेको र नगरपालिकाले पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गर्ने बताए।बुढानीलकण्ठमा ६ वटा गाडीलाई एम्बुलेन्स बनाएर नि:शुल्क सुविधा दिइरहेको उनले बताए।नगरपालिकाका ती अधिकारीले सं’क्रमित घरमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको बताए। ‘वि’रामी टेकु अस्पतालका चिकित्सक टोलीको सम्पर्कमा हुनुहुन्छ। टोलीबाट रेस्क्यू हुँदैछ,’ उनले भने।
श्रोत पहिलो पोष्ट

Related Articles

Back to top button