vada
News

मकवानपुरमा ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

११ साउन, हेटौंडा । मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् ।
बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नं.को ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button