vada
News

कोरोना पोजेटिभ देखिएका एक व्यवसायीको मृत्यु

काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्ध रहेका छन् । शनिवार बेलुका वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा उनको आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनलाई आरडीटीमा कोरोना पोजेटिभ देखिएपछि सोही दिन गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आइतबार बिहान मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले जनाएका छन् । डा सिंहका अनुसार मृतकको स्वाब संकलन गरिएको र आज नै पीसीआर रिर्पोट आउने बताइएको छ । उनी मुटु रोग र मधुमेहका बिरामी रहेको बताइएको छ। उनले वीरगंजको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए ।

Related Articles

Back to top button