vada
News

स्कार्पियोको ठ’क्करबाट घा’इते २ जनाको मृ’त्यु, ३ को उपचार हुँदै

काठमाडौं : दाङमा शनिबार राति बाटो का’ट्ने क्रममा स्कार्पियोले ठ’क्कर दिँदा घा’इते भएका पाँच जना मध्ये दुई जनाको मृ,त्यु भएको छ । घा,इते मध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा मृ,त्यु भएको हो।

दाङ जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार राजकुमारको शनिबार राति र निसानको आइतबार बिहान उपचारका क्रममा मृ,त्यु भएको हो। घा,इते मध्ये सोही ठाउँकै ७ वर्षीया सृष्टि गुरूङ,२ वर्षीया लक्ष्मी चौधरी र उनकी २२ वर्षीया आमा गौरी चौधरी को बुटवलमा उपचार भइरहेको छ। चौधरी आमाछोरीको लमहीमा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ।

घा,इते गुरुङको बाँया खुट्टा फ्याक्चर भएको डिएसपी खड्काले बताए। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २० च ५७४४ नम्बरको स्कार्पियोले शनिबार बेलुका पौने ७ बजेतिर बाटो का’ट्ने क्रममा पूर्वपश्चिम राजमार्गको पिपरीमा उनीहरूलाई ठ’क्कर दिएको थियो । प्रहरीका अनुसार बालबालिका गुडिया खेलेर फर्किरहेका थिए।

‘तीव्र गतिको स्कार्पियोले बालकलाई बचाउन खोज्दा उक्त दु’र्घटना भएको भन्ने छ,’ डिएसपी खड्काले भने ‘ घ’टनाबारे थप अनुसन्धान भइ रहेको छ ।’ स्कार्पियो सडकबाट झन्डै १० मिटर तल नालामा खसेको डिएसपी खड्काले बताए । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी गाडीमा एक्लै रहेको प्रहरीले बताएको छ। घ’टनापछि स्थानीयले सडक खण्ड ब’न्द गराएको भए पनि प्रहरीले शनिबार राति साढे १२ बजेतिर सडक खुलाएको थियो।

Related Articles

Back to top button