vada
News

सांसद पद गुमाएकी सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाडौँ, ११ साउन । समाजवादी पार्टीले गरेको कारबाहीमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ । पार्टीको सदस्यता र सांसद पद खारेज हुने गरी समाजवादीले गरेको कारबाहीको निर्णयमा सर्वोच्चले थप आदेश दिन आवश्यक नरहेको भनेको हो ।

पार्टीको विधान र कानूनअनुसार नै उनलाई कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् ।

Related Articles

Back to top button