News
कोरोना कहरकाबिच अमेरिकाबाट आयो अर्को दुखद खबर, बालबच्चा बोकेको जहाज आवास क्षेत्रमा दुर्घटनाग्रस्त
कोरोना कहरकाबिच संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ। बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ।
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो। बिमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनकोे स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ।