vada
News

बिहे गरेर अमेरिका लैजाने भन्दै केटाहरुलाई यी दुई युवतीले यतिसम्म गरेको खुलासा

काठमाडौं । गम्भीर घटनामा संलग्न भएको भन्दै दुई युवतीलाई पक्राउ गरिएको छ ।

उनीहरुले आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गरेको खुल्न आएको छ । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो ।

Two veiled Nepali women, who told police they were raped by a Saudi official, sit in a vehicle outside Nepal’s embassy in New Delhi, India, September 9, 2015. Indian police are investigating accusations that a Saudi Arabian embassy official repeatedly raped the two Nepali maids at his home close to the capital, New Delhi, in a case that could reignite the debate over immunity granted to diplomats. The two women, aged 30 and 50, told police they were raped, assaulted, starved and held hostage over several months after leaving Nepal to work for the official. REUTERS/Anindito Mukherjee TPX IMAGES OF THE DAY – RTS90R
उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जानकारी दिएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ ।

महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाउँदै आएका थिए । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको बताउदै आएकी थिइन् ।

त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन् । उनीहरूले यो तरिकाबाट थप एक लाख ६० हजार समेत ठगेको प्रहरीले जनाएको छ । उनीहरुले यो भन्दा पनि धेरै ठगेको हुनसक्ने अनुमान गरिएको छ ।

Related Articles

Back to top button