vada
News

थप ६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौँ/ नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बदिर्या, बारा र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामको मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी अहिले अछाम अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका २२ र २४ र १८ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जिराभवानीकाका १८ वर्षीया पुरुष र काठमाडौँ घर भई हाल कलैया बारामा बस्ने २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

Related Articles

Back to top button