vada
News

डडेल्धुरामा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु, आमा र तीन दिदीबहिनी सिकिस्त

काठमाडौ, साउन १२ । डडेल्धुरामा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ललित धामी रहेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा उनको मृत्यु भएको बताइएको छ । बालककी आमा बिस्ना धामी र तीन दिदीबहिनी सिकिस्त विरामी परेको बताइएको छ । च्याउ खाएर बिरामी परेका ८ वर्षीय धामीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ

Related Articles

Back to top button